ग्लोबल आइएमई लघुवित्तको नाफा करिब ४ गुणा बढी, जगेडा कोष पनि उल्लेख्य बढ्यो

Aug 02, 2021 05:17 AM Merolagani



ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (GILB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा उल्लेख्य सुधार गरेको छ।

असार मसान्तसम्ममा लघुवित्तले २२ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८३.०९ प्रतिशत बढी हो।

सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएको र खराब कर्जा उठाउन सफल भएको कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२.५१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २४१.१४ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तले ४ करोड २५ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३०.४७ प्रतिशत बढेको छ भने जगेडा कोष ३९०.४३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ३३.६४ प्रतिशत, निक्षेप ६२.३४ प्रतिशत र कर्जा ७७.४८ प्रतिशत बढेको छ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ३४ रुपैयाँ ७७ पैसा बढेर ५२ रुपैयाँ ७३ पैसा कायम भएको छ। खुद नाफामा उल्लेख्य सुधार भएपछि लघुवित्तको यस्तो आम्दानी पनि सोही अनुसार बढ्न पुगेको हो। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५३.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ २ पैसा रहेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।