हिमालयन डिष्टिलरीको नाफा १ अर्बभन्दा बढी, ५० प्रतिशत बोनस वितरणपश्चात पनि ईपीएस बढ्यो

Aug 13, 2021 06:51 AM Merolagani



हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानीसँगै खुद नाफा पनि बढेको छ।

गत असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ४ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२२.९० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ४६ करोड ६९ लाख रुपैयाँ थियो। बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३६.५० प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ७३.०१ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षमा ५० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी बढाएको यस कम्पनीको जगेडा कोष समीक्षा अवधिमा ६८.५९ प्रतिशत बढेको छ।

कम्पनीको नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ८० रुपैयाँ ७२ पैसा रहेको कम्पनीको यस्तो आम्दानी गत आर्थिक वर्षको सोही अवधिसम्ममा ११९ रुपैयाँ ९४ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ९५ रहेको छ भने मूल्य आम्दानी अनुपात ४५.९६ गुणा रहेको छ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।