एनएलजी इन्स्योरेन्सको खुद बीमाशुल्कसंगै नाफा पनि बढ्यो

Aug 13, 2021 01:12 PM Merolagani

एनएलजी इन्स्योरेन्स (NLG) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.४८ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले २० करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ४९.६४ प्रतिशतले बढेर ८९ करोड ५६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यस अवधिमा कम्पनीले ५९ करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै कम्पनीले पुनर्बीमा कमिशनबाट ३१ करोड ९८ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट १६ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी १ अर्ब ९ करोड ६३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४६ करोड ६८ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब ५ करोड ३ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ४ करोड १२ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २४२ रुपैयाँ १४ पैसा र मूल्य आम्दानी अनुपात ५३.०३ गुणा रहेको छ।

यस अवधिमा इन्स्योरेन्सले २ लाख २६ हजार २५७ वटा बीमालेख जारी गरी कुल २ अर्ब ८ करोड १९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

इन्स्योरेन्सले यस अवधिमा ८ हजार ३३९ वटा दाबी बापत १ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ६ हजार ८८ वटा दाबी बापत १ अर्ब १५ करोड ७२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।