सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा सामान्य बढ्दा प्रतिशेयर आम्दानी भने घट्यो

Aug 15, 2021 10:32 PM Merolagani

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३० करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको सोही अवधिको तुलनामा ०.७१ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले ३० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

इन्स्योरेन्सले यस अवधिमा ९२ करोड ४० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १३.९३ प्रतिशतले बढी हो ।

अघिललो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ८० करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ३५ करोड ३७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ११ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब १२ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३३ करोड ७ लाख रुपैयाँ, बीमा कोषमा ९८ करोड ९१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७ करोड ४२ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २२४ रुपैयाँ ४७ पैसा, र मूल्य आम्दानी अनुपात ३९.१९ गुणा रहेको छ ।

हालसम्म १ लाख ७६ हजार ८८२ वटा बीमालेख जारी गरी २ अर्ब ३३ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा इन्स्योरेन्सका ४० हजार १३७ वटा बीमालेख नवीकरण भएका छन् ।

कम्पनीले कूल १० हजार ५०६ वटा दाबी बापत १ अर्ब २६ करोड ६१ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ८ हजार ७७ वटा दाबी बापत १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।