राष्ट्र बैंकले आज ३० अर्ब पैसा बजारमा पठाउने

Sep 23, 2021 10:18 AM Merolagani



नेपाल राष्ट्र बैंकले फेरि ३० अर्ब रुपैयाँ पैसा बजारमा छोड्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको चरम अभाव भएपछि केन्द्रीय बैंकले हरेक साता रिपोको माध्यमबाट बजारमा पैसा पठाउँदै आएको छ। गत दुई साता दुई हप्ताको लागि पैसा पठाएको केन्द्रीय बैंकले आजको रिपो बोलकबोलबाट भने एक हप्ताको लागि मात्र पठाउन लागेको हो। ७ दिन अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछ।<

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘रिपो’ हो। यस उपकरणको निष्काशनका दिन बोलकबोलमा सफल बोलकर्ताको केन्द्रीय बैंकमा रहेको खातामा बाँडफाँड अनुसारको रकम राष्ट्र बैंकले जम्मा गर्दछ।

तरलता अभावका कारण हरेक दिनजसो एसएलएफ (स्थायी तरलता) को प्रयोग गरिरहेको बैंकहरुले बुधबार पनि १२ पटक गरेर २८ अर्ब ३४ करोड रुपैयाँ प्रयोग गरेका छन्। बैंकहरुले चालु आवमा मात्रै ४ खर्ब १० अर्ब ५६ करोड रुपैयाँ बराबरको एसएलएफको प्रयोग गरेका छन्।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।