एचआईडिसीएलको साढे ३ करोड कित्ताभन्दा बढी शेयर लिलाम बिक्री खुला

Sep 23, 2021 08:42 AM Merolagani



हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड अर्थात एचआईडिसीएल (HIDCL) ले साढे ३ करोड कित्ताभन्दा बढी शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री खुला गरेकाे छ।

कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलामी बिक्री खुला गरेकाे हो। कम्पनीले संस्थापक समूहको ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६४ लाख २९ हजार ७२४ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो।

सो शेयर खरिदका लागि जो कोही इच्छुक व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन्। सो शेयरमा असोज ७ गतेदेखि १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। संस्थापक समूहको शेयरमा लगानीकर्ताले न्यूनतम १ करोड कित्ताका लागि आवेदन दिनुपर्नेछ भने सर्वसाधारण तर्फको शेयरमा न्यूनतम १०० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ।

कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, वीरगंज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ्ग, नेपालगंज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।