रु रु जलविद्युतको मूल्य समायोजन

Sep 23, 2021 09:20 AM Merolagani



असोज ७ गते, बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रु रु जलविद्युत परियोजना लिमिटेड (RURU) को मूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

कम्पनीको यस दिन १० प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य १ हजार २०६ रुपैयाँ तोकिएको छ। कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यको आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार कम्पनीको शेयर प्रतिकित्ता १ हजार ३२७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यको आधारमा आज कारोबार खुल्नेछ।

कम्पनीले असोज १६ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजे देखि भर्चुअल माध्यमबाट हुनेछ। सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट करसहित १०.५२ प्रतिशत नगद लाभांश र २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस शेयर सोबापत लाग्ने कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेश हुनेछ। यसका साथै, सभामा संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।