सूर्या लाइफ इन्स्योरेन्सकाे नयाँ लोगो सार्वजनिक

Oct 26, 2021 12:18 PM Merolagani

नेपालको जीवन बीमा ब्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाईमा पुग्ने लक्ष्यका साथ सूर्या लाइफ इन्स्योरेन्सले (SLICL) पोखराको माउण्टेन ग्लाेरी फरेष्ट रिजाेर्टमा आयोजित एक समारोहमा आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो मुल नारा “सर्वे भवन्तु सुखिनः” रहने जनाएकाे छ ।

सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धता र सुदृढ पहिचान कायम गर्ने उद्धेश्यकासाथ कम्पनीले उक्त नयाँ लोगो कम्पनीका संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका संचालक तथा बीमा बिज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खडकाले संयुक्त रुपमा अनावरण गरे ।

संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले नयाँ लोगो सार्वजनिक भएसंगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापुर्वक अगाडि बढ्ने विश्वास ब्यक्त गरे। त्यसै गरी कम्पनीले संगठनात्मक सुशासनलाई प्राथमिकता दिई आफ्ना बीमित/सेवाग्राहीहरुलाई कम्पनीबाट प्रवाह हुने सेवा अझ उत्कृष्ट तथा छिटो छरितो रुपमा उपलब्ध गराउन संचालक समितिबाट ब्यवस्थापनलाई पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।

त्यसैगरी दश बर्ष भन्दा बढी अवधि देखि जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान तथा नेतृत्वदायी भुमिका निभाएका सफल बीमा बिज्ञ तथा कम्पनीका संचालक विवेक झाले उक्त कार्यक्रममा बीमाको महत्व र नयाँ लोगोको आवश्यकताको वारेमा प्रकाश पारे । उनले जीवन बीमाका चार आधारहरु बीमित, अभिकर्ता, कर्मचारी तथा लगानीकर्तामध्ये प्रमुख दुई पिलर अभिकर्ता तथा कर्मचारी जसले बीमित तथा कम्पनीको बिच एउटा मजबुत पुलको काम गरेका हुन्छन् भन्दै सूर्या लाइफ इन्स्योरेन्सले अब आफ्नो छुट्टै पहिचान कायम गरी देशमा अब्बल कम्पनीको रुपमा स्थापित हुने यात्राको सुरुवात यस नयाँ लोगोको नारा ‘सर्वे भवन्तु सुखिनः’ अर्थात ‘सबै सुखि हुन्’ का साथ सुभारम्भ गरेको कुरा बताए ।

कार्यक्रममा झाले नयाँ लोगोका तीन रंग रातो, कालो र पहेंलोले यस कम्पनीको उद्धेश्यलाई स्पष्ट  पार्छ र कम्पनी अब बिगर बाेल्डर र ब्राइटर भएर अगाडी बढदै आफ्ना ग्राहकहरुको चाहना र सन्तुष्टीको ख्याल गर्दै आफ्ना सेवाहरुलाई केन्द्रमा राखि यसको बिशिष्टिकरणका लागि टेक्नाेलाेजी र अपडेटेट म्यानेजमेन्ट फिलाेसाेफीको प्रयोगबाट गति दिने योजना रहेको स्पष्ट पारे।

त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खडकाले नयाँ लोगो र नयाँ पहिचान भनेको बीमा सेवामा उत्कृष्टताको प्रतिबद्धता हो, त्यसैले कम्पनी ब्यवस्थापन संचालक समिति, बीमित, अभिकर्ता र नियमनकारी निकाय सबैमा आफ्नो उत्कृष्ट पहिचान राख्न कटिबद्ध रहेको ब्यहोरा ब्यक्त गरे । साथै कम्पनीलाई आगामी दिनमा मौलिक पहिचानका साथ अग्रणी तथा अब्बल कम्पनीको रुपमा नयाँ उचाईमा पु¥याउने प्रतिबद्धता जाहेर गरेका थिए ।

 

दुई दिन सम्म संचालित उक्त कार्यक्रममा कम्पनीबाट समय समयमा जारि भएका बिभिन्न बीमा योजनाहरु बीमा बजारमा लगि कम्पनीको ब्यवसाय विस्तारमा पु¥याएको योगदानको उच्च कदर गर्दै आ.ब. २०७७/०७८ का उत्कृष्ट अभिकर्ता तथा एजेन्सी मैनेजरहरुका साथै कम्पनीको लक्ष्य प्राप्तिका लागि अहोरात्र खटिई उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा शाखा कार्यालयहरुलाई बिभिन्न बिधामा अवार्ड प्रदान गरिएको थियो । कम्पनीका अध्यक्ष, संचालक तथा प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत हुने सबैलाई बधाई ज्ञापन गर्नुका साथै उक्त कार्यक्रममा अभिकर्ता संघका अध्यक्ष राम बहादुर तामाङ्ग, पुरस्कृत अभिकर्ता/एजेन्सी मेनेजरहरुको तर्फबाट सुनिल खड्का तथा कमल प्रसाद घिमिरेले समेत आफ्नो बिचार ब्यक्त गरेका थिए ।

 

comments powered by Disqus

मोबाइल व्यवसायीको एक स्वर ‘एमडिएमएस तत्काल लागू होस्’

Dec 01, 2021 12:39 PM

मोबाइल आयात कर्ता र वितरकले नेपालमा मोबाइल आयात अवैध बाटोबाट मौलाउँदै गएको भन्दै एमडिएमएस तत्काल कार्यान्वयनमा जोड दिएका छन । बुधबार राजधानीमा आयोजित मोबाइल वितरक संघको कार्यक्रममा व्यवसायीहरुले अवैध मोबाइल विक्रीलाई नै मुख्य एजेन्ड बनाए ।