शिखर इन्स्योरेन्सको खुद नाफा सामान्य बढेपनि प्रतिशेयर आम्दानी भने घट्यो

Nov 16, 2021 08:40 AM Merolagani

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ९.२८ प्रतिशतले बढी हो।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले १२ करोड २३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क २.५३ प्रतिशतले बढेर ४४ करोड ५० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४३ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ५ करोड २४ लाख रुपैयाँ, पुनर्बीमा कमिशन वापत १५ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६३ करोड ८८ लाख रुपैयाँ, शेयर प्रिमियम ९ कराेड ५७ लाख रूपैयाँ, बीमा कोषमा १ अर्ब ३६ करोड २० लाख रुपैयाँ र महाविपत्ती कोषमा १३ करोड २३ लाख रुपैयाँ सञ्चित रहेको छ।

चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी घट्न पुगेको छ। गत आर्थिक वर्षको यहि अवधिको तुलनामा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १० पैसाले घटेर ३० रुपैयाँ ४० पैसामा झरेको छ। गत आर्थिक वर्षको असोजसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५० पैसा रहेको थियो।

असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ ७६ पैसा र मूल्य आम्दानी अनुपात ५६.९१ गुणा रहेको छ।

यस अवधिमा इन्स्योरेन्सले ३ हजार ६१४ दाबीबापत ४७ करोड २७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने १२ हजार ३८७ दाबी बापत २ अर्ब १४ करोड ९७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

comments powered by Disqus