भारतीय शेयर बजारकाे भारी गिरावट राेकियाे

Nov 23, 2021 01:16 PM Merolagani

भारतीय शेयर बजारमा देखिएकाे भारी गिरावट मंगलबार रोकिएको छ । पछिल्लो पाँच दिन यता भारतको शेयर बजार लगातार घटेको थियो । मंगलबार बिहान भारतीय सेन्सेक्स ४८२ अंकले घटेर ५७ हजार ९८३ विन्दुमा झरेर कारोबार सुरु भएको थियो ।

सोहि क्रमलाई निरन्तरता दिँदै कारोबार सुरु भएको पहिलो मिनेटमा ७४४ अंकले गिरावट भएर ५७ हजार ७१८ विन्दुमा झर्दै सबैभन्दा तल्लो स्तरमा पुगेको थियो ।

यद्यपी यो समाचार तयार पार्ने समयसम्म सेन्सेक्स ७८.१५ अंकको गिरावटका साथ ५८ हजार ३८७ विन्दुमा कारोबार हुँदैछ । टाटा स्टीलको शेयर र पावर ग्रीडको शेयरमा वृद्धि भएसँगै सो शेयर बजार पनि उकालो लागेको हो ।

यसैगरी निफ्टीका ५० शेयरमध्ये ३० कम्पनीको शेयरमा गिरावट देखिएको छ भने २० वटा कम्पनीको शेयर बढेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

सोमबार बिएसईको सेंसेक्समा सात महिना यताकै भारी गिरावट देखिएको थियो । सेन्सेक्स एक हजार १७० अंकले घटेर ५८ हजार ४६५ विन्दुमा झरेर बन्द भएको थियो । यस्तै नेशनल स्टक एक्सचेन्जको निफ्टी ३४८ अंकले गिरावट भई १७ हजार ४१६ विन्दुमा झरेको थियो । यस्तै सूचिकृत कम्पनीहरुको बजार पूँजीकरण ७.८६ लाख करोड भारतीय रुपैयाँले घटेर २६०.९८ लाख करोड रुपैयाँमा खस्केको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।