श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

Dec 01, 2021 10:35 AM Merolagani



श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड (SIFC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ७.७० प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ३.३० प्रतिशत नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

मंसिर १४ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।