गत साता करिब साढे ५ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Dec 05, 2021 08:26 AM Merolagani

गत साता नेप्से परिसूचक करिब साढे ५ प्रतिशत घटेको छ। अघिल्लो साता २७३१.७८ विन्दुमा बन्द भएको नेप्से, गत साता ५.३३ प्रतिशत अर्थात १४५.५९ अंक घटेर २५८६.१९ विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता नेप्से उकालो लागेमा २८०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा २४०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता साप्ताहिक मैनबत्तीमा नेप्सेले बियरिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले बजारमा खरिदकर्ताहरुमाथि बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

गत साता नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजार बियरिश मुडमा रहेको संकेत गर्दछ।

गत साता नेप्सेको आरएसआई ३४.१६ स्केलमा पुगेको छ। यसले बजारमा खरिदकर्ताभन्दा बिक्रीकर्ता बलियो रहेको संकेत गर्दछ।

गत साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २०.६७ प्रतिशत कम हो।

म्युचुअल फण्ड

गत साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक घटेको छ भने म्युचुअल फण्डको सबैभन्दा कम घटेको छ।

गत साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम २.५१ प्रतिशत घटेको छ। अघिल्लो साता १५.५१ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता ०.३९ अंक घटेर १५.१२ विन्दुमा झरेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १६ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा १४.५० विन्दुमा टेवा पाउने देखिन्छ।

यस उपसमूहको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसले सेलिङ्ग प्रेसर बढी रहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेराेलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।