गत साता २ प्रतिशतभन्दा बढी बढेको नेप्से, यस साता के होला?

Nov 22, 2022 05:53 AM Merolagani



गत साता नेप्से परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। अघिल्लो साता १८९३.७० विन्दुमा बन्द भएको नेप्से, गत साता २.२८ प्रतिशत अर्थात ४३.१५ अंक बढेर १९३६.८३ विन्दुमा पुगेको छ।

५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार बढेसँगै नेप्सेले सो बराबरको अंक कमाएको हो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २१०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १८०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेले हरियो मैनबत्ती बनाएको छ। यसका साथै साप्ताहिक रुपमा पनि गत साता नेप्सेले बुलिश मैनबत्ती नै बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

नेप्सेसँगै यस साता भोल्यूम पनि बढेको छ। यस साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ६ करोडको शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ३ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनाम दैनिक औषत भोल्यूम २.६५ प्रतिशत बढी हो।

जलविद्युत उपसमूह

यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक ४.३७ प्रतिशत बढेका छ। अघिल्लो साता १९४४.२३ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता ८५.०२ अंक बढेर २०२९.२५ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २४०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १८०० विन्दुमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन यस उपसमूहमा हरियो मैनबत्ती बनेको छ। यसले सो दिन बजारमा खरिदकर्ताहरु हाबी भएको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन यस उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी सँघुरिएको छ। आगामी दिनमा ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथि लागेमा बुलिश क्रशओभर बन्नेछ। यसले आगामी दिनमा यस उपसमूहको परिसूचक बढ्ने संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।