चलाख लगानीकर्ता शेयर किन्दै, केही साँवा आयो भन्दै भटाभट बेच्दै, यतिवेला शेयर किन्ने या बेच्नेमा कसले मार्ला बाजी ?

Jan 12, 2022 08:52 AM Merolagani



पछिल्लो समय शेयर बजार लगातार बढ्दो क्रममा रहेको छ। मंसिर २७ गते तल्लो विन्दु २२८१.६७ अंक छोएर माथि उक्लिन सुरु गरेको मंगलबारसम्म निरन्तरता पाएको छ। मंगलबारसम्म बजारले ५५२.४६ अंकको छलाङ मारिसकेको छ। जुन २४.२१ प्रतिशतको छलाङ हो।

बजारमा बिस्तारै खरिद र बिक्री दुवै चाप बराबर जसो देखिएको छ। पछिल्लो समय चलाख लगानीकर्ताहरूले अपट्रेन्डको कन्फरमेसन आएसँगै बजारमा खरिद आदेश बढाउन थालेका छन् भने यस अघि ३२ सयको विन्दुमा चढ्दै गर्दाको क्रममा शेयर किनेका लगानीकर्ताहरूले साँवा आयो भन्दै भटाभट शेयर बिक्री गरिरहेका छन्। तर यस्तो अवस्थामा भने शेयर किन्नेले नै बढी फाइदा गर्ने प्राविधिक विश्लेषकहरूको विश्लेषण छ। “यति बेला अप ट्रेन्डको कन्फरमेशन आइसकेको छ। अपट्रेन्ड मापन गर्ने धेरै जसो मपदण्डहरुले अपट्रेन्डको सङ्केत गरिरहेका छन्। मुभिङ एभरेज गोल्डेन क्रस भएको छ। आरएसआइ ५० भन्दा माथि गइसक्यो। इभन इचिमोले पनि क्लाउड तोडेर माथि गई सक्यो। यी सबै इन्डिकेटरहरुले बजार अप ट्रेन्डमा गएको कन्फरमेशन गर्छ। प्राविधिक विश्लेषण गर्नेहरूले अझै बजार बढ्छ भन्ने थाह पाएपछि थप शेयर किनिरहेका छन्। जबकि त्यही शेयर उनीहरूले माथिल्लो मूल्यमा पनि किनेका छन्। तर उनीहरूले शेयर फ्याक्नुको सट्टा थप शेयर किन किनिरहेका छन्। तर केही लगानीकर्ता भने बल्ल सावाँ आयो या त्यत्रो डुबेको थियो यति त आयो भन्दै बिक्री गरिरहेका छन्,” प्राविधिक विश्लेषक अन्जीब तुलाधरले मेरो लगानीसँग भने।

बजार बढ्दो ट्रेन्डमा रहँदा साँवा आयो भनेर शेयर बिक्री गर्नेले कहिले पनि कमाउँदैन। त्यति धेरै समय पर्खिएर नाफा आउने बेलामा शेयर बिक्री गर्नु भन्दा बढ्दो ट्रेन्डको मजा लिनु नै लगानीकर्ताकोलागि फलदायी हुने तुलाधरको विश्लेषण छ। “अपट्रेन्डमा बाइ र होल्ड गर्नेले जित्छ। मेरो १५/२० वर्षको अनुभवले के भन्छ भने बायर्स आर विनर इन अपट्रेन्ड मार्केट, सेलर्स आर विनर इन डाउनट्रेन्ड मार्केट। भन्नुको अर्थ अपट्रेन्ड हुँदा जतिमा शेयर किन्नुहोस् वा जति धेरै होल्ड गर्न सक्नु हुन्छ त्यति नै तपाइले जित्ने सम्भावना हुन्छ। त्यसैगरि डाउनट्रेन्ड मार्केटमा जतिमा बेच्न सक्नुहुन्छ। त्यही तपाइको जित हुन्छ,” तुलाधरले भने।

शेयर किन्ने र बेच्ने बिचको तीव्र प्रतिस्पर्धा कारण शेयर बजार लगातार बढ्दो ट्रेन्डमा देखिएको छ। जसरी बजारले एक पछि अर्को विन्दु पछ्याउँदै गइरहेको छ। त्यसले आउने दिनमा अर्को नयाँ रेकर्ड कायम गर्छ भन्ने अनुमान बजारमा गर्न थालिएको छ।  




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।