स्पेशल प्रि ओपन सेसनमा बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर कतिमा भयो कारोबार?

Jan 18, 2022 10:48 AM Merolagani

माघ ४ गते, मंगलबार, स्पेशल प्रि ओपन सेसनमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (BNHC) को पहिलो कारोबार भएको छ।

नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २५२ रुपैयाँ १५ पैसा ओपनिङ रेञ्ज प्रदान गरेको थियो। यस अनुसार यस दिन सो कम्पनीको शेयर प्रतिकित्ता २४६ रुपैयाँ ७० पैसामा पहिलो शेयर कारोबार भएको हो।

कम्पनीको शेयर नेप्सेमा माघ २ गते, आइतबार सूचीकृत भएको थियो। जसअनुसार माघ ३ गते स्पेशल प्रि ओपन सेसनमा कारोबार हुनु पर्ने थियो। तर, सो दिन स्पेशल प्रि ओपन सेसनमा कारोबार हुन सकेन। त्यसैले यस दिन कम्पनीको पहिलो कारोबार भएको हो।

कम्पनीले सर्वसाधारणलाई वितरण गरेको ८ लाख कित्ता,आयोजना प्रभावित क्षेत्रमा वासिन्दालाई निष्काशन गरेको ४ लाख र कम्पनीका संस्थापकहरुले लगानी गरेको २८ लाख कित्ता सहित ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

कम्पनीको शेयरलाई नेप्सेले बीएनएचसी कारोबार संकेत प्रदान गरेको थियो। उक्त कारोबार संकेतमा कम्पनीको शेयर कारोबार भएको हो।

सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको करिब साढे ३ महिना पछि कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।