प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य समायोजन

Jan 18, 2022 05:26 PM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रिमियर इन्स्योरेन्स कम्पनी (PIC) को शेयरमूल्य समायोजन गरेको छ । साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको १४.५ प्रतिशत बोनस शेयर पश्चात शेयरमूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयरमूल्य एक हजार ६१ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

नेप्सेले मंगलबार कारोबार भएको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

मंगलबार कम्पनीको शेयर प्रतिकित्ता एक हजार २१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस अनुसार कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।