गत साता साढे ३ प्रतिशतभन्दा बढी घटेको नेप्से, यस साता के होला?

Apr 24, 2022 06:05 AM Merolagani



गत साता नेप्से परिसूचक साढे ३ प्रतिशतभन्दा बढी घटेको छ। अघिल्लो साता २४१५.२४ विन्दुमा बन्द भएको नेप्से, गत साता ३.७२ प्रतिशत बढेर २३२५.४५ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये २ कारोबार दिन उकालो लागेपनि, बाँकी ३ कारोबार दिन ओरालो लाग्नाले नेप्सेले सो बराबरको अंक गुमाएको हो।

गत साताको अन्तिम कारोबार दिन, नेप्से पछिल्लो १५ महिना यताकै न्यून विन्दु नजिक पुगेर फर्केको थियो।

यस अनुसार यस साता नेप्से उकालो लागेमा २५३५.४८ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २२५९.५२ विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता, साप्ताहिक रुपमा नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। जसले बजार अझै बिक्रीकर्ताहरुको नियन्त्रणमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने नेप्सेले बुलिश ड्रयागनफ्लाई डोजी आकृति बनाएको थियो। जसले अन्तिम अवस्थामा बिक्रीकर्ताहरु रिजेक्ट भएको संकेत गर्दछ।

गत साता पनि नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। जसले बजार अझै डाउनट्रेण्डमा रहेको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूम पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ४७ करोडको शेयर खरिदबिक्री भएको थियो। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम २ अर्ब ६ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २८.२९ प्रतिशत कम हो।

म्युचुअल फण्ड उपसमूह

गत साता १३ वटै उपसमूहको परिसूचक घटेका थिए। जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम घटेको थियो भने वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको थियो।

अघिल्लो साता १५.२० विन्दुमा रहेको म्युचुअल फण्ड उपसमूहको परिसूचक, गत साता १.३२ प्रतिशत घटेर १५.०० विन्दुमा झरेको थियो। यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १६ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा १४ विन्दुमा टेवा पाउने देखिन्छ।

यस उपसमूहको ५ दिने इएमए पनि २० दिने इएमएभन्दा तल रहेको छ। जसले यस उपसमूहको परिसूचक पनि अझै डाउनट्रेण्डमा रहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।