नो भोट अभियानले उदाएका बालेन, शेयर बजारमा पनि सक्रिय

May 19, 2022 06:08 PM Merolagani

शेयर बजारमा बेला बेलामा चर्चामा आउने लगानीकर्ता मध्ये एक लगानीकर्तामा हरि ढकाल पनि पर्छन्। पुँजी बजार विकासका लागि भन्दै आमरण अनसन समेत बसेका कारण पनि ढकाल  सर्वसाधारण लगानीकर्ता माझ परिचित छन्।

ढकाल राजनीति र शेयर बजार दुबैका एजेन्डामा सक्रिय भूमिका निर्वाह गर्छन्। राजनीतिक दृष्टिकोणबाट हेर्दा ढकाल एमालेमा आस्था राख्ने व्यक्ति हुन्। तर शेयर बजारको कुरा आउँदा भने उनी आफ्नै पार्टी विरुद्ध समेत खनिन्छन्। एमालेका तर्फबाट अर्थमन्त्री बनेका युवराज खतिवडा कै विरोधमा उनी पुँजी बजार सुधारकोलागि भन्दै आमरण अनसनमा समेत बसेका उदाहरण छन्।

सङ्घीय निर्वाचनमा सुरेन्द्र पाण्डेलाई खुलेर निर्वाचनमा सहयोग गरेका ढकाल यस पटकको स्थानीय निर्वाचनमा बालेन शाहलाई जिताउन सक्रिय रहे। एमालेमा आस्था राख्ने व्यक्ति स्वतन्त्र उम्मेदवारको पक्षमा उभिएको भनेर एमालेका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले त्यस्तो कार्य नगर्न सम्झाएका समेत थिए। तर ढकालले बालेनको पक्ष भाेट माग्न भने छोडेनन्। झन् तीव्र गतिमा बालेन जिताउन भन्दै प्रचारमा होमिए।

ढकाल किन एकाएक बालेनको पक्षमा उभिए भन्ने चासो आम लगानीकर्तामा रह्यो। सोही चासोलाई प्रस्ट्याउन ढकालले दोस्रो बजारका लगानीकर्ताहरूले चलाएको नो भोट अभियानले बालेन जन्मिएको उजागर गरेका छन्।  पुराना राजनीतिक दलहरूले दोस्रो बजारको हित गर्ने भन्दै बजारको बारेमा नकारात्मक टिप्पणी गर्दै हिँडेको कारण काठमाडौँमा बालेन उदय भएको ढकालको भनाई छ। “काठमाडौँ महानगरपालिका स्वतन्त्र उम्मेदवार बालेन शाह विगत ५ वर्षदेखि दोस्रो बजारमा कारोबार गर्दै आएका सक्रिय लगानीकर्ता हुन्। दोस्रो बजारमा आबद्ध भएर कारोबार गर्दै आएको भएर बालेनलाई दोस्रो बजारको बारेमा राम्रो जानकारी समेत छ” ढकालले भने। 

अहिले भइरहेको मतगणनामा वर्षैदेखि गर्दै आएको राजनीति पाटीलाई नै चुनौती दिँदै बालेन शाहले सुरुवाती चरणदेखि नै अग्रता हासिल गर्दै आएका छन्। यसले धरै राजनीतिज्ञहरूको राजनीति नै जोखिममा पर्ने  आकलन गर्न थालिएको छ।

लगानीकर्ताहरूले सरकारले शेयर बजार प्रति सधैँ गलत धारण बनाउने गरेको उनीहरूको आरोप छ। त्यसैले बालेन जस्तो सक्षम र योग्य उम्मेदवारलाई चुनावमा सहयोग गर्दै आएको ढकालको भनाई छ। शेयर बजारका अभियन्ताले राजनीतिक पार्टी प्रति वितृष्णा भएर बालेन जन्मिएको ढकालको दाबी छ।

बालेनसँग नजिक भएर काम गरेका ढकालले बालेनका योजना समेत सुनेका छन्। उनका योजनाले गर्दा नै बालेनको पक्षमा उभिन ढकाललाई बाध्य बनायो। उनी मात्र हाेइन्, अर्का लगानीकर्ता शिवचन्द्र पनि बालेन याेजना सुन्नेमा पर्छन् । बालेनका योजना सुनाउँदै ढकाल भन्छन् “ शेयर बजारमा राजनीतिक रुपमा हुने बेवास्ता बेतिथिको विरुद्धमा उनले खुलेरै काम गर्ने छन्। सानो प्रोर्टफोलियो भएपनि बालेनले दोस्रो बजारको मर्मलाई बुझेको र बजारमा भएका समस्यालाई नजिकबाट नियालेका छन्।  शेयर बजार विषयमा राम्रो जानकार राख्ने बालेनको बजारमा ठूला कम्पनीहरू भित्राउने योजना छ। बजारमा रियल सेक्टरका कम्पनी कसरी ल्याउन सकिन्छ भन्ने बारेमा बालेनले अध्ययन गरिरहेका छन्। महानगरपालिका स्वयमले दुई खर्बसम्मको मेगा प्रोजेक्ट मार्फत सर्वसाधारणलाई शेयर जारी गर्नेसम्मको योजना उनको छ।”

बालेनका तीनै योजना सुनेर ढकाल बालेन पक्षमा पुगेका हुन्। उनले शेयर बजारमा चलाइएको नो भोट अभियानलाई समेत निर्वाचनमा प्रयोग गरेको बताएका छन्।

“काठमाडौँमा दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको तथ्याङ्क मै सँग थियो। ती भोटरहरूबीच पहिलेदेखि नै नो भोट अभियान सुरु गरिसकेका थियौ। तर केही व्यक्तिहरूले त्यसलाई विश्वास गरेनन्। शेयर बजारमा लागेका र राजनीतिक पार्टीका काम कारबाहीबाट आजित बनेका तीनै लगानीकर्ताको भोट नै बालेनलाई आएको हो। काठमाडौँका शेयर लगानीकर्ताको भोटले गर्दा नै बालेनको उदय भएको हो” ढकालले थपे।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।