चर्चामा निसान आरिया इलेक्ट्रिक एसयुभि, नेपालमा कहिले आउला ?

May 21, 2022 05:02 PM Merolagani



विद्युतिय गाडी भित्र्याउने लहर चलिरहेको बेला नेपालमा अर्को इलेक्ट्रिक एसयुभि गाडी आउने भएको छ ।

बोल्ड डिजाइन, आकर्षक लुक्स र उत्कृष्ट फिचर सहित केहि समय अघि भारतीय बजारमा आएको निसान आरिया एसयुभि नेपाली बजारमा पनि आउने पक्का भएको छ । यसअघि नै नेपालमा निसानले ल्याएको निसान लिफले राम्रो रेस्पोन्स पाएको थियो ।

नेपाली बजारमा अब आउने गाडी निशानका लागि दोस्रो विद्युतिय गाडी हो । इन्धनबाट चल्ने गाडीहरु मध्ये लोकप्रिय रहेको निशान ब्रान्ड नेपालमा निशान गाडी पायोनियर मोर्टर्सले बिक्री बितरण गर्दै आएको छ । 

विद्युतिय सवारी भित्र्याउन लामो समयदेखि लागिरहेको पायोनियर मोर्टर्सले आफ्नो दोस्रो इभि आरियालाई २०२२को अन्तिमसम्म नेपालमा ल्याउने तयारी गरिरहेको छ ।

 

कस्तो छ निशान आरिया एसयुभि ?  

सरकारले गत महिनादेखि विलासिता भन्दै इन्धनबाट चल्ने सबै गाडीलाई आयातमा प्रतिबन्ध लगाएपनि विद्युतिय गाडी आयात भने खुला राखेको थियो ।

आयात नरोकिएपनि बिवाईडि, टाटा, निशानले पनि केहि समय भित्रै नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

नेपाली बजारमा आउने निशान आरिया एसयुभि झट्ट हेर्दा स्पोर्टि लुक्समा देखिन्छ । बोल्ड डिजाइन र स्पोर्टि लुक्सले यो गाडीलाई आकर्षक बनाएको छ ।

 

अन्तराष्ट्रिय बजारमा निशान आरिया दुई भेरियन्ट २ डब्ल्यु डि र ए डब्ल्यु डिमा सार्वजनिक भएका छन् ।
जसमा ६३ किलोवाट आवर र लङ रेन्ज भेरियन्टमा ८७ किलोवाट आवर क्षमताको व्याट्री दिएको छ जसले ४८२ भन्दा बढी माइलसम्मको रेन्ज प्रदान गर्छ । त्यस्तै २१५ हर्सपावर (एचपी) इन्जिन पावरमा ३ सय एनएम टर्क जेनेरेट गर्दछ ।

 

निशानले ल्याएको यो गाडीमाअल ह्विल र फ्रन्ट ह्विल ड्राइभ अप्सनमा उपलब्ध छ । अटोनेमश ड्राइभिङ सिस्टम उपलब्ध गराइएको यो कारलाई नयाँ डिजाइनका साथ बजारमा उपलब्ध गराएको छ ।
इको, स्ट्यान्डर्ड र स्पोर्टस गरी कुल ३ मोडमा चलाउन सकिने निशन आरिया ड्राइभर इन्फर्मेसन सिस्टम र इन्फोटेन्मेन्टका लागि यसमा १२.३ इन्चको दुईवटा डिस्प्ले उपलब्ध गराइएको छ ।

 

२१५ हर्सपावर (एचपी) इन्जिन पावर, डबल डिक्स, एलइडि लाइट्स, डिजिटल डिस्प्लेका साथ ड्यासबोर्ड, फराकिलो इन्टेरियर स्पेसलगायतका फिचर उपलब्ध छन् ।

इलेक्ट्रिक सेग्मेन्टमै उत्कृष्ट पर्फमेन्स दिने दिने गाडी कम्पनीको दाबी छ । हालसम्म नेपाली बजारमा सार्वजनिक हुने मिति नतोकिएपनि २०२२ भित्रै नेपाली बजारमा आउने अनुमान गरिएको छ ।

 

अन्तराष्ट्रिय बजारमा निशन आरियाको सुरुवाती मूल्य ४० हजार तोकिएको छ । मूल्यको बिषयमा पनि कम्पनीले औपचारीक रुपमा नबोले पनि नेपाली बजारमा निशान आरिया आइपुग्दा ५५ लाखदेखि ६० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।