एलन मस्कमाथि यौन हिंसाको आरोप

May 21, 2022 11:58 AM Merolagani



स्पेसएक्स र टेस्लाका सीइओ एलन मस्कमाथि यौन हिंसाको आरोप लागेको छ । यो केस बन्द गर्नका लागि स्पेसएक्सकी एयर होस्टेजलाई एलनले दुई लाख ५० डलर दिएका थिए । यौन हिंसाको यो केस २०१६ को हो र उनले सो रकम २०१८ मा दिएका थिए ।

बिजनेस इन्साइडरको एक रिपोर्ट अनुसार एयर होस्टेज स्पेसएकस कर्पोरेट जेट फ्लाइटकालागि करारमा कार्यरत थिइन् । उनले मस्कमाथि सहमति बिना तिघ्रामा छोएको र यौन गतिविधि गर्न भनेको आरोप लगाएकी हुन् ।

इरोटिक मसाज गरेमा घोडा दिने अफर

ती एयरहोस्टेजलाई आफ्नो संवेदनशिल अंक देखाएर इरोटिक मसाज गर्न भनेको एयर होस्टेजकी साथीको अन्तरवार्ता र कागजातका आधारमा बिजनेस इन्साइडरले लेखेको छ । त्यस्तो गरेमा मस्कले उनलाई घोडा दिने अफर दिएका थिए । रिपोर्ट अनुसार ती एयरहोस्टेज घोडसवारी गर्ने गर्थिइन् ।

एयरहोस्टेजलाई एलनको मसाजकालागि तालिम र लाइसेन्स लिन भनिएको थियो । सो घटना मस्कको गल्फस्ट्रिम को निजी क्याबिनमा घटेको थियो ।

घटना राजनितीसँग जोडिएको मस्कको भनाई

बिजनेस इन्साइडरले यस घटनाका बारेमा मस्कलाई सम्पर्क गरेको थियो । मस्कले केहि समय माग्दै सो घटनामा अन्य धेरै कोण भएको तर सामुन्ने नआएको बताएका छन् । उनले याे विषय राजनितिसँग प्रेरित भएकाे भन्दै लेखे,'यदि म यहिँ सब गरिरहन्थे होला भने ३० वर्षको करियरमा यी सब कुरा बाहिरिने थियो ।'

एलन मस्कले यस विषयलाई लिएर एक ट्वीट गर्दै यसलाई एलंगेट नाम दिएका छन् । वास्तवमा, सन् २०२१मा उनले ट्वीट गरेर लेखेका थिए, 'यदि मसँग सम्बन्धित कुनै काण्ड छ भने कृपया यसलाई एलंगेट भन्नुहोला ।' उनले फन्नी इमोजी पनि थपेका छन् ।

मस्कले गरे अश्लिल गतिविधी गर्ने कोशिष 

ती एयर होस्टेजले आफ्नी साथीसँग एलन मस्कले २०१६मा एक उडानको समयमा आफ्नो शरिरमा मालिस गर्न आफ्नो कोठामा आउन भनेकाे बताएकी थिइन् । त्यसपछि मस्कले ती एयरहोस्टेजसँग अश्लिल गतिविधी गर्ने कोशिष गरेकाे पनि खुलाइन् । तर ती एयर होस्टेजले केवल मालिश मात्र गरेकाे दाबी गरेकी छिन् । उनले सो समयमा मस्कलाई एयर होस्टेज सेलमा राखिएको वस्तु नभएको जवाफ दिएको पनि खुलाएकी छिन् । यो घटना बेलायतको फ्लाइटको समयमा भएको हो ।

सो घटना पश्चात ती एयरहोस्टेजलाई समस्या समाधान हुन सक्ने लागेकाले शान्त रहिन् तर उनीसँग गलत व्यवहार गर्न लागियो । उनको कामको सिफटमा कटौती गरियो । र ती एयरहोस्टजलाई सजाय स्वरुप निकाल्न खोजिएको अनुभव हुन थाल्यो । जसकारण उनलाई निकै तनाव भयो ।

दुई लाख ५० हजार डलरकाे क्षतिपुर्ति

सन् २०१८ मा ती एयर होस्टेजलाई मस्कको आफर नस्विकार्दा स्पेसएकसमा आफ्नो अवसरमा कमी आएको महसुस भयो र उनले क्यालिफोर्नियामा एक रोजगार अधिवक्तालाई लिएर केस लड्ने निर्णय गरिन् । उनले स्पेसएक्सको मानव संसधन विभागमा उजुरी दिइन् । त्यसपश्चात मध्यस्तकर्ताको सहयोगमा केहि छलफलका आधारमा सो केस मिलाइयो । ती छलफलमा मस्क स्वयं पनि उपस्थित भएको बताइएको छ । त्यो केस कहिल्यै पनि अदालतसम्म पुगेन । सन् २०१८ मा मस्क, स्पेसएक्स र एयर होस्टेजका बिच एक सम्झौता भएको थियो । सो सम्झौता अनुसार ती एयरहोस्टेजलाई दुई लाख ५० हजार डलर दिइएको थियो ।

एजेन्सी ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।