सातामा करिब ५ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

May 21, 2022 08:25 AM Merolagani



यस साता नेप्से परिसूचक करिब ५ प्रतिशत घटेको छ। गत साता २३५०.४२ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.९१ प्रतिशत अर्थात ११५.३३ अंक घटेर २२३५.०९ विन्दुमा झरेको छ।

४ कारोबार दिनका लागि खुलेको बजारमा ३ कारोबार दिन घटेपछि नेप्सेले सो बराबरको अंक गुमाएको हो।

यस साता सेन्सेटिभ इण्डेक्स ४.२४ प्रतिशत अर्थात १९.२३ प्रतिशत घटेको छ। त्यसैगरी, फ्लोट इण्डेक्स ४.८७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.२९ प्रतिशत घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकममा पनि कमी आएको छ। गत साता दैनिक औषतमा १ अर्ब ७१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १ अर्ब ३० करोडको मात्र शेयर कारोबार भएको छ। त्यस्तै, यस साता दैनिक औषत कारोबार संख्या, शेयर संख्या र कारोबार हुने स्टकको संख्या पनि घटेको छ। यस साता दैनिक औषत कारोबार संख्या १९.३९ प्रतिशत घटेको छ भने शेयर संख्या २०.४७ प्रतिशत घटेको छ। यस साता दैनि औषतमा २२६ स्टकको कारोबार भएको छ।

नेप्सेको कुल बजार पूँजीकरण पनि यस साता करिब ५ प्रतिशत घटेको छ। गत साता ३३ खर्ब ४३ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण, यस साता १ खर्ब ६४ अर्ब रुपैयाँ घटेर ३१ खर्ब ७९ अर्बमा समेटिएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन्। जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.६५ प्रतिशत घटेको छ भने जीवन बीमा उपसमूहको सबैभन्दा बढी ८.२९ प्रतिशत घटेको छ। अंकका आधारमा पनि जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी ९८६.५५ अंक घटेको छ।

यस साता ५ स्टकको मात्रै मूल्य सकारात्मक रहेको छ। जसमध्ये सामुदायिक लघुवित्तको शेयरमूल्य सर्वाधिक १०.४५ प्रतिशत बढेको छ। अन्य स्टकको मूल्य वृद्धिदर २ प्रतिशतभन्दा कम रहेको छ। यस साता लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा बढी १८.०२ प्रतिशत घटेको छ। त्यसैगरी, सूर्या लाइफ इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य १७ प्रतिशतभन्दा बढी घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता बोटलर्स नेपाल (तराइ), मैलुङ खोला जलविद्युत कम्पनी, सिटिजन्स बैंक लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा परेका छन्। त्यसैगरी, चन्द्रागिरी हिल्स, नागरिक लगानी कोष लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा परेका छन्।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।