३ अर्ब रुपैयाँको नागरिक बचतपत्र जारी गर्दै राष्ट्र बैंक, ११ प्रतिशत ब्याजदर पाइने

May 24, 2022 09:02 AM Merolagani

नेपाल राष्ट्र बैंकले ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँ बराबरको ‘नागरिक बचतपत्र २०८४ बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले पाँच वर्षे अवधिका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ब्याजकर लाग्ने गरी नागरिक बचतपत्र बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो।

बचतपत्रमा जेठ १२ गतेदेखि जेठ ३१ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। जसको निष्काशन असार ८ गते गरिने राष्ट्र बैंकले जनाएको छ। बचतपत्रको सावाँ फिर्ता २०८४ असार ८ गते हुने छ ।

प्रत्येक छ महिनामा ब्याज दिइने उक्त बचतपत्र खरीद गर्न घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन पाइनेछ।

उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् ।

आफुलाई पायक पर्ने वाणिज्य बैंकहरू,बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरू र काठमाडौं उपत्यकाबाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरूबाट बचतपत्रको ब्याज लिन सकिनेछ।

सो बचतपत्र धितो राखी राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।