बीमालाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गराउने

May 24, 2022 04:55 PM Merolagani



सरकारले बीमालाई उत्पादन र उत्पादकत्व आवद्ध गराउने भएको छ । सरकारले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रममा बीमालाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गराउने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन् ।

यस्तै सरकारले कृषि तथा पशुपन्छि बीमालाई पनि जोड दिने भएको छ । कृषि तथा पशुपन्छीको दायरा विस्तारमा बीमाको महत्व हुने भन्दै कृषि तथा पशुपन्छी बीमालाई जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले हाल कृषि तथा पशुपन्छी बीमाका बीमाशुल्कको ८० प्रतिशत अनुदान प्रदान गर्दै आएको छ ।

यस्तै लघुबीमालाई पनि जोड दिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रहेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।