बीमालाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गराउने

May 24, 2022 04:55 PM Merolagani



सरकारले बीमालाई उत्पादन र उत्पादकत्व आवद्ध गराउने भएको छ । सरकारले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रममा बीमालाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गराउने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन् ।

यस्तै सरकारले कृषि तथा पशुपन्छि बीमालाई पनि जोड दिने भएको छ । कृषि तथा पशुपन्छीको दायरा विस्तारमा बीमाको महत्व हुने भन्दै कृषि तथा पशुपन्छी बीमालाई जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले हाल कृषि तथा पशुपन्छी बीमाका बीमाशुल्कको ८० प्रतिशत अनुदान प्रदान गर्दै आएको छ ।

यस्तै लघुबीमालाई पनि जोड दिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रहेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।