यो बाइक नेपालमा ल्याइएको यामाहाको मोटरसाइकलहरूमध्ये सबैभन्दा उत्कृष्ट प्रविधि र विशेषताहरू सम्मिलित गरी तयार पारिएको बाइक रहेको कम्पनीको दाबी रहेको छ ।
एम र आर–सिरिजजस्ता रेसिङ दुनियाँमा ख्याति कमाएका बाइकको पाँचौँ जेनेरेशन भनिएको आर१५एम मूलतः ट्रयाक स्पिड, कर्भ र स्पोर्ट्स बाइकमा रुचि राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको बाइक हो ।
नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ–कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टु–लेभल सिट’ जस्ता विशेषताहरूले यस बाइकलाई अझ आकर्षक बनाएको कम्पनीले जनाएको छ ।
यसका अतिरिक्त, ‘एसिस्ट एण्ड स्लिपर क्लच’ र ‘भिभिए’ जस्ता प्रणालीले आर१५एम १५५ लाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई बाइकको समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको कम्पनीले जनाएको छ ।
‘एसिस्ट एण्ड स्लिपर क्लच’को एडप्टेशनले बाइकको गति कम गर्ने क्रममा क्लचको वजन कम गरी ‘लो–स्ट्रेश’ कायम गर्न मद्दत पुर्याउँदछ, जसले गर्दा गियरको ‘डाउण्ड–स्फिटिङ’ प्रक्रियालाई आरामदायक र सहज बनाउँदछ ।
त्यसैगरी, उच्च कार्यसम्पादन क्षमता भएको ‘भिभिए’ प्रणालीले भने बाइक न्यून आरपिएमको अवस्थामा समेत उल्लेखनिय पावर र टर्क प्रदान गर्दछ ।
यस बाइकलाई दुई प्रकारको मोडमा चलाउन सकिन्छ । ‘ट्रयाक मोड’, ‘स्ट्रिट मोड’, डुअल च्यानल एबिएस एफआई इन्जिन लगायतका बिशेषता छन ।
१५५ सीसीको यो आर१५एम बाइकले १०,००० आरपिएममा १८.४ एचपी अधिक्तम पावर र ७५०० आरपिएममा १४.२ एनएम टर्क जेनेरेट गर्दछ ।
एन्ड्रोइड र एप्पल प्रयोग गर्ने राइडरहरूका लागि क्रमशः ‘गुगल प्ले स्टोर’ र ‘एप्स स्टोर’ मा उपलब्ध ‘वाइ कनेक्ट’ एप बाइकसँग ब्लुटुथमार्फत जोडेपछि निम्न फङ्शनहरू एलसिडी क्लस्टरमा डिस्प्ले हुने कम्पनीले जानकारी दिएको छ ।
नेपालमा आर१५एम मूल्य ५ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।