फियर एण्ड ग्रीड मिटरमा नेप्से शून्य नजिक, यस साता के होला?

Jun 06, 2022 05:52 AM Merolagani



गत साताको अन्तिम कारोबार दिन नेप्से, फियर एण्ड ग्रीड मिटरमा शून्य विन्दु नजिक पुगेको छ। पछिल्लो १ महिनादेखि एक्सट्रीम ग्रीड जोनमा रहेको नेप्से, गत साताको अन्तिम कारोबार दिन शून्य नजिक पुगेको हो।

गत शुक्रबार नेप्से ४.९८ विन्दुमा रहेको छ। त्यसको अघिल्लो दिन अर्थात बिहीबार ५.९७ विन्दुमा रहेको थियो भने एक साता अघि १०.८२ विन्दु र एक महिना अघि १९.६९ विन्दुमा रहेको थियो।

शून्य नजिक पुगेको मिटरले, लगानीकर्ताहरु बजार अझै घट्छ भन्ने डरले बिक्री गरिरहेको संकेत गर्दछ।

विश्वप्रसिद्ध लगानीकर्ता वारेन बफेटले भनेका छन्, ‘सबै लोभी भएको बेला डराउनु, सबै डराएको बेला लोभी हुनु’। अहिले सबै डराइरहेका छन्। बफेटको भनाइ अनुसार अहिले लोभी हुनुपर्दछ अर्थात अहिले शेयर खरिद गर्ने राम्रो अवसर भएको जानकारहरु बताउँछन्।

गत साता नेप्से परिसूचक साढे ६ प्रतिशत घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन २२२३.७८ विन्दुमा रहेको नेप्से, गत साता ६.५२ प्रतिशत अर्थात १४५.०८ अंक घटेर २०७८.७० विन्दुमा झरेको छ।

यस अनुसार यस साता नेप्से उकालो लागेमा २२५९.५२ विन्दुमा प्रतिरोधको सामना गर्नेछ। त्यसैगरी ओरालो लागेमा भने २००० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेले गत साता साप्ताहिक रुपमा रातो मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीचाप बढी रहेको संकेत गर्दछ

नेप्सेको ५ दिने इएमए गत साता २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजार डाउनट्रेण्डमा रहेको संकेत गर्दछ।

गत साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। गत साता दैनिक औषतमा १ अर्ब २४ करोडको शेयर कारोबार भएको छ। नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ९.१७ प्रतिशत कम हो। 

 

लगानी उपसमूह

गत साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक ५.८९ प्रतिशत घटेको छ। अघिल्लो साता ७१.८७ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, गत साता ४.२३ अंक घटेर ६७.६४ विन्दुमा झरेको छ।

यस अनुसार यस साता लगानी उपसमूहको परिसूचक उकालो लागेमा ८० विन्दुमा प्रतिरोधको सामना गर्नेछ भने ओरालो लागेमा ५० विन्दुमा टेवा पाउने देखिन्छ।

यस उपसमूहको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले सो उपसमूह डाउनट्रेण्डमा रहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।