गत साता साढे १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Jun 13, 2022 06:37 AM Merolagani



गत साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन २०७८.७० विन्दुमा बन्द भएको नेप्से, गत साता ३०.५४ अंक घटेर २०४८.१६ विन्दुमा झरेको छ।

५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार नकारात्मक रहँदा नेप्सेले सो बराबरको अंक गुमाएको हो। गत साताको बुधबार मात्र नेप्से ६०.२२ अंकले बढेको थियो। बाँकी कारोबार दिनमा नेप्से ओरालो लागेको थियो।

यस अनुसार यस साता नेप्से उकालो लागेमा २२५९.५२ विन्दुमा प्रतिरोधको सामना गर्नेछ भने ओरालो लागेमा २००० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता साप्ताहिक रुपमा नेप्सेले बुलिश स्पीनिङ्ग टप मैनबत्ती बनाएको छ। जसले सो साता बिक्रीकर्ताहरु कमजोर भएकोा संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन भने नेप्सेले बियरिश मैनबत्ती बनाएको छ जसले सो दिन बिक्रीकर्ताहरु सक्रिय रहेको संकेत गर्दछ।

गत साता पनि नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजार अझै नकारात्मक रहेको संकेत गर्दछ।

गत साता नेप्से घटेपनि भोल्यूम भने सामान्य बढेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ३१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ३० करोड छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १.३५ प्रतिशत बढी हो।

लघुवित्त उपसमूह

गत साता १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको थियो भने २ उपसमूहको परिसूचक बढेको थियो। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक १.१७ प्रतिशत बढेको थियो। अघिल्लो साता ४२९७.९० विन्दुमा रहेको सो उपसमूहको परिसूचक गत साता ५०.२६ अंक बढेर ४३४८.१६ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ४८०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा ४००० विन्दुमा टेवा पाउने देखिन्छ।

सो उपसमूहको परिसूचक गत साता बढेपनि ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले सो उपसमूह अझै नकारात्मक क्षेत्रमा रहेको संकेत गर्दछ। यद्यपि, यी दुई इएमए बीचको दूरी भने घट्दो छ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।