गत साता साढे ५ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Jun 26, 2022 06:01 AM Merolagani



गत साता नेप्से परिसूचक साढे ५ प्रतिशत घटेको छ। अघिल्लो साता १९७१.३८ विन्दुमा बन्द भएको नेप्से, गत साता १०९.३२ अंक घटेर १८६२.०६ विन्दुमा झरेको छ।

६ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार घटेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १८१३.०८ विन्दुमा टेवा पाउने देखिन्छ।

यस साता पनि नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजार अझै पनि नकारात्मक क्षेत्रमा रहेको संकेत गर्दछ।

गत साता, साप्ताहिक रुपमा नेप्सेले रातो मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन बनेको मैनबत्तीले भने सो दिन बिक्रीकर्ता कमजोर हुँदै गएको संकेत गर्दछ।

नेप्से ओरालो लागेपनि गत साता भोल्यूम भने बढेको छ। गत साता दैनिक औषतमा १ अर्ब २७ करोडको शेयर कारोबार भएको छ। जबकी नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब २३ करोड रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ३.०५ प्रतिशत बढी हो।

जलविद्युत उपसमूह

गत साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १०.३४ प्रतिशत घटेको छ भने जीवन बीमा उपसमूहको सबैभन्दा कम ३.२२ प्रतिशत घटेको छ।

अघिल्लो साता २२७३.८६ विन्दुमा रहेको जलविद्यूत उपसमूहको परिसूचक, गत साता २३५.१५ अंक घटेर २०३८.७१ विन्दुमा झरेको छ। यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २२५० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा १७५० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेजस्तै यस उपसमूहको ५ दिने इएमए पनि २० दिने इएमएभन्दा तल रहेको छ। जसले यस उपसमूह पनि अझै नकारात्मक रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन बनेको मैनबत्तीले सो दिन बजारमा बिक्रीकर्ता कमजोर भएको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूनजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।