खर्च बढ्दा हिमालयन डिष्टिलरीको नाफामा दबाब

Aug 14, 2022 08:43 AM Merolagani



हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झिनो सुधार भएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३३ प्रतिशत मात्र बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी १६.५४ प्रतिशत र कुल नाफा १२.५० प्रतिशत बढेको छ। त्यसैगरी कुल सञ्चालन आम्दानी ९.१६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ०.५० प्रतिशत घटेको छ। कम्पनीको बिक्री तथा वितरण खर्च बढेका कारण सञ्चालन मुनाफा घट्न पुगेको हो। जसले गर्दा नाफामा पनि दबाब परेको हो।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७५ प्रतिशत बढेको छ भने जगेडा कोष १६.५० प्रतिशत बढेको छ।

७५ प्रतिशत बोनस शेयर वितरण गरेको यस कम्पनीको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा ५० रुपैयाँ ५२ पैसा घटेर ६९ रुपैयाँ ५० पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ २२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९ रुपैयाँ ७ पैसा रहेको छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।