राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने, पूँजी बढाउन शेयर जारी गर्नै पर्ने

Aug 14, 2022 06:55 PM Merolagani



प्रतिनिधि सभाबाट बीमा विद्येयक २०७९ पारित भएको छ । आइतबार बसेको बैठकको बहुमत सदस्यले विद्येयक पारित गरेको हो ।

विद्येयक ऐनको रुपमा लागू भएपछि सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत हुनेछ । विद्येयक लागू भएपछि राष्ट्रिय बीमा संस्थान ऐन २०२५ खारेज हुने व्यवस्था छ ।

राष्ट्रिय बीमा संस्थान ऐन खारेज भएपछि संस्थान बीमा ऐन अनुसार सञ्चालनमा आउने छ ।

विधेयकमा अनुसार राष्ट्रिय बीमा संस्थान एक वर्ष भित्रमा पब्लिक लिमिटेड कम्पनीमा परिणत हुनु पर्नेछ । संस्थानका कर्मचारी तथा चल अचल सम्पत्ति सबै कम्पनीमा रुपमान्तरण हुनेछन् ।

कम्पनीमा परिणत भएपछि संस्थानले चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ मात्रै रहेको छ ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।