राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने, पूँजी बढाउन शेयर जारी गर्नै पर्ने

Aug 14, 2022 06:55 PM Merolagani



प्रतिनिधि सभाबाट बीमा विद्येयक २०७९ पारित भएको छ । आइतबार बसेको बैठकको बहुमत सदस्यले विद्येयक पारित गरेको हो ।

विद्येयक ऐनको रुपमा लागू भएपछि सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत हुनेछ । विद्येयक लागू भएपछि राष्ट्रिय बीमा संस्थान ऐन २०२५ खारेज हुने व्यवस्था छ ।

राष्ट्रिय बीमा संस्थान ऐन खारेज भएपछि संस्थान बीमा ऐन अनुसार सञ्चालनमा आउने छ ।

विधेयकमा अनुसार राष्ट्रिय बीमा संस्थान एक वर्ष भित्रमा पब्लिक लिमिटेड कम्पनीमा परिणत हुनु पर्नेछ । संस्थानका कर्मचारी तथा चल अचल सम्पत्ति सबै कम्पनीमा रुपमान्तरण हुनेछन् ।

कम्पनीमा परिणत भएपछि संस्थानले चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ मात्रै रहेको छ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।