सस्तोमा शेयर उठाउनेका विरुद्ध ढिट हुँदै लगानीकर्ता, कारोबार रकम सूचकमा तालमेल मिल्दै, के थप बजार घट्न नमानेको सङ्केत हो ?

Aug 17, 2022 05:42 PM merolagani



सुवास निरौला

बुधवारको शेयर बजारमा नियमित भन्दा फरक दृश्य देखियो। प्रि ओपन सेसनमा २.५९ अंक बढेर २०४३.६२ अंकमा उक्लिएको बजार सोही अंकमा धेरै बेर टिक्न सकेन।

अघिल्लो दिन २४.८३ अंक घटेर २०४१.८३ अंकमा बन्द भएको शेयर बजारमा त्यसको धङ्धङि सुरुवाती कारोबारमा देखियो। कारोबार खुलेको पहिलो पाँच मिनेटमै बजारले करिब चार अंक गुमायो। तर बुधवार भने लगानीकर्ता अघिल्लो दिन जति डराएनन्। उनीहरूले आफ्नो मनोबल उच्च राखेको देखियो। जसले गर्दा सूचक त्यस भन्दा तल झरेन। बरु पहिलो आधा घण्टा थोरै बढ्ने प्रयत्न गर्‍यो। तर उक्त प्रयत्न पनि सफल भने हुन सकेन। बजार ठुलो अंकले बढ्न नसक्नु र घट्न पनि नसक्नुमा लगानीकर्ताले किन/बेचमा आफ्नो अडान नछोड्नु नै प्रमुख कारण रह्यो।

किन्न चाहने सस्तोमा बसेका थिए भने बेच्न चाहनेले आफ्नो मूल्य छोड्न चाहेनन्। जसले गर्दा सुरुवाती दुई घण्टामा कारोबार रकम करोडकै हाराहारीमा सीमित हुन पुग्यो। दुई घण्टासम्म चलेको बार्गेनिङमा समेत किन्न बसेकाले शेयर नपाएपछि उनीहरूले थोरै थोरै शेयर उठाउन थाले। जसको प्रभाव सूचकमा देखियो। सूचकसँगै कारोबार रकम समेत थोरै बढ्यो। बुधवारको बजारमा सूचक बढ्दा मात्रै कारोबार रकम बढेको देखियो। जुन अन्य दिन भन्दा फरक थियो। अघिल्ला दिन सूचक घट्दा समेत कारोबार रकम बढ्दै जाने गर्थ्यो। तर बुधवार त्यसको ठिक विपरीत बजार बढ्दा मात्रै कारोबार रकम बढ्यो। जसले लगानीकर्ता आफ्नो मूल्यमा ढिट हुँदै गएको पुष्टि गर्छ। यद्यपि कारोबार रकम भने एक महिना यताकै न्यून हुन पुग्यो।

बुधवार कारोबार रकम एक महिना यताकै न्यूनमा खुम्चिए पनि सूचकसँग भने तालमेल मिलेको छ। जति जति सूचक घट्दै जान्छ कारोबार रकम समेत घट्दै गएको अघिल्ला कारोबारमा समेत देखिन्छ। बुधवार दोस्रो बजारमा एक अर्ब ४० करोडको कारोबार भयो। सूचक २०४०.७० अंकमा झर्‍यो। ठिक एक महिना अघि गत साउन दुई गते सोमबार एक अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो भने त्यस दिन सूचक २०२९.४३ अंकमा उक्लिएको थियो। उक्त दीन कारोबार रकम सँगै सूचक पनि उक्लिएको थियो।

पछिल्ला कारोबारीहरूले जति जति सूचक न्यून बिन्दु तर्फ धकेलिन्छ त्यति त्यति कारोबार रकम घट्दै जाने गर्छ। त्यसैगरी, जति जति सूचक बढ्दै जान्छ। त्यति त्यति कारोबार रकम बढ्दै जाने गर्छ। पछिल्ला उदाहरणलाई आधार मान्ने हो भने कारोबार रकम एक अर्बको हाराहारीमा झर्दै जानु भनेको सूचकको घट्ने क्रम कम हुँदै जानुको रुपमा लिन सकिन्छ। गएको एक वर्ष यता कारोबार रकम एक अर्बको हाराहारीमा झरेपछि बजारले माथिल्लो यfत्रा तय गर्न सुरु गर्छ। तर कति दिन सम्म कारोबार रकम एक अर्बकै हाराहारीमा रहन्छ। त्यो भने बजारले नै तय गर्ने गर्छ।

बजारमा कारोबार रकम एक अर्बमा झर्दै गर्दा नियमित कारोबारीले भने बिस्तारै शेयर उठाउने गर्छन्। कारोबार रकम एक अर्बमा खुम्चिँदै गर्दा सूचकमा धेरै ठुलो प्रेसर नपर्ने उनीहरूको अनुमान हुने गर्छ। जुन पछिल्ला कारोबार विवरणमा समेत प्रस्ट देखिन्छ। कारोबार रकम न्यून भएका दिन सूचकमा गिरावट पनि निक्कै न्यून हुने गरेको छ।

नियमित कारोबारीले कारोबार रकम घट्दै गर्दा खरिद रणनीति बनाउँदा केही लगानीकर्ता भने बजारमा सस्तैमा शेयर सल्टाएर निस्कने गरेका छन्। जसको फाइदा नियमित कारोबारीले उठाउँदै आएका छन्। जुन बुधवारको कारोबारमा समेत देखिएको छ। जसलाई थप बजार घट्न नमानेको सङ्केतको रुपमा नियमित कारोबारीले लिएको बताएका छन्।  

 

 




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।