सातामा साढे ४५ अंक घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Aug 27, 2022 08:18 AM Merolagani



यस साता नेप्से परिसूचक साढे ४५ अंक घटेर बन्द भएको छ। गत साता २०६८.२६ विन्दुमा बन्द भएको नेप्से, यस साता ४५.६४ अंक अर्थात २.२१ प्रतिशत घटेर २०२२.६२ विन्दुमा झरेको छ।

त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स २.०८ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.९५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०५ प्रतिशत घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा २ अर्ब १० करोडको शेयर कारोबार भएको बजारमा यस दिन १ अर्ब ६१ करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २३.४९ प्रतिशत घटेको हो। त्यसैगरी, यस साता कारोबार भएको शेयर संख्या १५ प्रतिशत घटेको छ भने कारोबार संख्या १५.०७ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण २.२१ प्रतिशत घटेको छ। गत साता २९ खर्ब ६३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ६५ अर्ब रुपैयाँ घटेर २८ खर्ब ९८ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.८५ प्रतिशत घटेको छ भने जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा कम ०.०९ प्रतिशत घटेको छ।

अंकका आधारमा यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १७०.७९ अंक घटेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.२८ अंक घटेको छ।

यस साता हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ९७ लाख ९५ हजार ५०५ कित्ता संस्थापक शेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले लिलाम बिक्री गरेको शेयर यस साता नेप्सेमा सूचीकृत भएको हो।

कारोबारमा आएको रु रु जलविद्युत उपसमूहको शेयरमूल्य सर्वाधिक २३.५५ प्रतिशत बढेको छ। अन्य कम्पनीहरुको शेयरमूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यता, दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक १४.५९ प्रतिशत घटेको छ। त्यस्तै, सिद्धार्थ इक्विटी फण्डको इकाईमूल्य १०.७८ प्रतिशत घटेको छ भने पञ्चकन्या माइ हाइड्रोपावर र रिभरफल्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ।

यस साताको फ्लोरसिट विश्लेषण गर्दा मिर्मिरे लघुवित्त, एनएमबि हाइब्रिड फण्ड एल १, रु रु जलविद्यूत परियोजना लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेको छ। त्यस्तै, नयाँ सारथी लघुवित्त, दोर्दी खोला जलविद्युत, ग्रामिण विकास लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टकको सूचीमा परेका छन्।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।