भारतका चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको निधन

Sep 21, 2022 11:29 AM Merolagani

भारतका चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । उनको ५८ वर्षको उमेरमा दिल्लीको एम्स अस्पतालमा निधन भएको हो ।

विगत ४२ दिनदेखि उनको उक्त अस्पतालमा उपचार चलिरहेको थियो । अगस्ट १० मा हृदयघात आएपछि उनलाई अस्पताल पुर्याइएको थियो ।

कानपुरका राजुको जन्म १९६३ डिसेम्बर २५ मा भएको थियो । उनको वास्तविक नाम सत्य प्रकाश हो । उनलाई गजोधर र राजु भैयाका नामबाट पनि चिनिन्छ । 

स्ट्याण्ड अप कमेडिबाट पहिचान बनाएका राजुले करिब १९ चलचित्रमा अभिनय गरेका छन् । उनका चर्चित शाेमा ग्रेट इंडियन लफ्टर च्यालेन्ज, कमेडिका महा मुकाबला,कमेडि सर्कस,देख भाइ देख,लफ इंडिया लफ,कमेडि नाइट विथ कपिल, द कपिल शर्मा शाे र ग्यांग्स अफ हसीपुर रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।