अभियान लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?

Sep 23, 2022 12:58 PM Merolagani

नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा अभियान लघुवित्त वित्तीय संस्था (AVYAN) को शेयर सूचीकृत भएको छ । लघुवित्तको २५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

संस्थापकहरुलाई निष्काशन गरेको १५ लाख २५ हजार कित्ता र सर्वसाधारणलाई निष्काशन गरेको ९ लाख ७५ हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको शेयरलाई नेप्सेले न्युनतम १०५ रुपैयाँ ३६ पैसा देखि ३१६ रुपैयाँ ८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार आइतबार देखि लघुवित्तको शेयर दोस्रो बजारमा किनबेचमा आउनेछ ।

लघुवित्तको शेयरलाई नेप्सेले AVYAN कारोबार संकेत प्रदान गरेको छ । सोहि कारोबार संकेतमा लघुवित्तको शेयर कारोबार हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।