सुनचाँदीको भाउमा भारी गिरावट,कतिले सस्तियो ?

Sep 25, 2022 11:43 AM Merolagani

आइतबार सुनचाँदीको भाउमा गिरावट भएको छ । असोज ९ गते, सुन तोलामै एक हजार रुपैयाँले सस्तिएको छ । चाँदी पनि आज तोलामा ३० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने सुनको भाउ वृद्धि भएको थियो । त्यस दिन सुन तोलामा एक हजार रुपैयाँले नै महंगिएर प्रतितोला ९२ हजार ८०० रुपैयाँ पुगेको थियो ।

यसैगरी, साताको पहिलो दिन चाँदीको मूल्य पनि भारी गिरावट देखिएको छ । यस दिन चाँदी तोलामा ३० रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार १७० रुपैयाँमा खरिदबिक्री हुँदैछ।

अघिल्लो साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य महंगिएको थियो । सो दिन चाँदी तोलामा १५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।