गरिमा विकास बैंकको लाभांश घोषणा

Nov 11, 2022 10:41 AM Merolagani



गरिमा विकास बैंक लिमिटेड (GBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा शेयर प्रिमियम समेतबाट शेयरधनीहरुलाई १४.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १३ प्रतिशत बोनस शेयर रहेको छ भने १.५० प्रतिशत (कर प्रयोजन सहित) नगद लाभांश रहेको छ।

कात्तिक २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।