स्थानीयले कालिञ्चोक दर्शनको आईपीओमा अनलाइनबाट कसरी दिने आवेदन ? यस्तो छ प्रक्रिया

Nov 30, 2022 02:42 PM Merolagani



कालिञ्चोक दर्शन लिमिटेडले १४ गतेदेखि स्थानीय बासिन्दा तथा बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकाहरुले अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउनेछन्।

कतिपयलाई स्थानिय बासिन्दालाई आईपीओमा कसरी आवेदन दिने भन्ने विषयमा जानकारी नहुन सक्छ। कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट रहेको छ।

स्थानीय बासिन्दाहरूले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालय तथा मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

नबिल इन्भेष्टमेन्टले स्थानियबासिको लागि अनलाइन आवेदन दिनसक्ने पनि व्यवस्था गरेको छ।
अनलाइन बाट कसरी दिने आवेदन ?

स्थानियबासिले कालिञ्चाेक केबलकारको अनलाइन आवेदन गर्न सबैभन्दा सुरुमा यो https://localipo.nabilinvest.com.np  लिंकमा जानुहोस्। नबिल इन्भेष्टमेन्टको सो लिंकमा गएपछि त्यहाँ दुई ओटा अप्सन देखिन्छ।

 

ती अप्सन मध्य पहिलो अप्स क्लिक गरेर डिम्याट नम्बर राख्नुपर्ने हुन्छ। त्यसपछि साधारण शेयर खरिद दरखास्त फारममा गई डिम्याट आईडी, आवेदन कित्ता, बैंकको विवरण भर्नुपर्ने हुन्छ। त्यस्तै स्थायी ठेगानामा नागरिकता नम्बर, जारी भएको जिल्ला र पुरा विवरण भर्नुपर्छ।

 

अस्थाई ठेगानमा भने हाल बसोबास गर्दै आएको स्थान, मोबाइल नम्बर, बुबाको नाम , बाजेको नाम र इमेल राख्नुपर्छ।

यति गरेपछि आवेदकले कम्पनीले माग गरेकाे फोटा, नागरिकताको अगाडी पछाडीको फोटो र आफ्नो दरखास्त जेपिजी फाइलमा अप्लोड गर्नुपर्ने हुन्छ।

 

डकुमेन्ट अपलोड गरेर सेभ गरेपछि भुक्तानीकाे अप्सन आउछ। आफुले आवेदन दिएको कित्ताको आधारमा भुक्तानी गर्नुपर्ने शुल्क देखाउछ।

भुक्तानी गर्नुपर्ने शुल्क इसेवाको अप्सनमा गएर भुक्तानी गर्न सकिन्छ।

 यसरी स्थानीय बासिन्दाले अनलाइन मार्फत आईपीओमा आवेदन दिन सक्नेछन्।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।