सम्हालिन खाेज्दै नेप्से सूचक, बिक्री चाप घट्दा देखिएन ठुलाे गिरावट

Nov 30, 2022 03:29 PM Merolagani



बुधबार पनि शेयर बजार नकारात्मक देखिएको छ। यस दिन नेप्से सूचक ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा झरेको छ।

नेप्से सूचक मात्रै होइन कारोबार रकम पनि घट्दो दरमा देखिएको छ। बुधबार २३ लाख ५५ हजार ८४५ कित्ता शेयर ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँमा शेयर कारोबार भएको छ। अघिल्लो दिन ९५ करोड रुपैयाँमा शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम झनै घटेको छ।

चुनावपछि बजार बढ्ने अपेक्षा गरिएपनि सोअनुसार बजार बढ्न सकेको छैन। पछिल्लो समय बजार सामान्य अंकको उतारचढावमा नै चलिरहेको छ। मौद्रिक नीतिको समीक्षामा ब्याजदर नबढ्ने व्यवस्था गर्ने भनिएपनि त्यसले समेत बजारमा खासै प्रभाव पार्न सकेको छैन्। यद्यपि बजारमा बिक्री चाप कम हुँदा नेप्से सूचकमा ठुलो गिरावट पनि देखिदैन।

यस दिन त ग्रिन लाइफ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.१७ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्तको ४ प्रतिशत, रुरु जलविद्युतको ३.३१ प्रतिशत र बुद्धभुमी हाइड्रोपावरको २.८४ प्रतिशतले बढेको छ।

यता विन नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.४० प्रतिशतले घटेको छ भने गुहेश्वरी फाइनान्सको ३.२७ प्रतिशत, युनाइटेड इन्स्योरेन्स २.९४ प्रतिशत र युनाइटेड मोदीको २.८९ प्रतिशतले घटेको छ।

बुधबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको ४ करोड १४ लाख, नेश्डो लघुवित्तको ३ करोड ८२ लाख र शिवम् सिमेन्टको ३ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा २ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।