बाराही हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट, ५१ हजार ५२२ जना आवेदकले पाए १० कित्ताको दरले शेयर

Dec 18, 2022 10:50 AM Merolagani



पुस ३ गते, बाराही हाइड्रोपावर कम्पनी लिमिटेडकाे आईपीओ बाँडफाँट भएकाे छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडकाे कार्यालयमा साे आईपीओ बाँडफाँट भएको हो।

कम्पनीको शेयरमा ११ लाख ९१ हजार २८४ जना योग्य आवेदकबाट एक अर्ब ३० करोड ७८ लाख १० हजार रुपैयाँ बराबरको १ करोड ३० लाख ७८ हजार १०० कित्ता शेयरको लागि आवेदन परेको छ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । त्यस अनुसार शेयर वितरण गर्दा योग्य आवेदक मध्ये ५१ हजार ५२२ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन्।

काठमाडौँको बबरमहलमा रजिष्ट्रार्ड कार्यालय रहेको यस कम्पनीले बाग्लुङ जिल्लाको कुश्मीसेरा र सर्कुवा गाविसको सिमाना स्थित १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजनाको बाँध निर्माण सम्पन्न गरी २०७४ असार २४ गतेबाट व्यापारिक उत्पादन शुरु गरी नियमित रुपमा नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेको छ। विद्युत उत्पादनका लागि कम्पनीले २०७२ भदौ ७ गते अनुमति प्राप्त गरेको थियो। सो अनुमति २१०७ असार २७ गतेसम्म कायम रहनेछ।

आर्थिक वर्ष २०७५/७६ मा आयोजनाको कुल लागत ३१ करोड २२ लाख १८ हजार ८५९ रुपैयाँ रहेको छ। आयोजनाको प्रति मेगावाट लागत २० करोड ८१ लाख ४५ हजार ९०१ रुपैयाँ रहेको छ। यस अनुसार साधारण लगानी फिर्ता हुने अवधि १० वर्ष ६ महिना रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि २० वर्ष ६ महिना रहेको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।