सिभिल लघुवित्तको लाभांश घोषणा

Jan 29, 2023 10:29 AM Merolagani

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (CLBSL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ११.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ११ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

माघ १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बेठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

comments powered by Disqus

नेष्डो समृद्ध लघुवित्तले घोषणा गर्यो साढे ७३ प्रतिशत लाभांश, बोनस र नगद कति?

Mar 26, 2023 10:07 AM

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड (NESDO) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।