दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

Jan 30, 2023 03:53 PM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार सिभिल बैंक(CBL)  र किसान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सिभिल बैंकको ४५ लाख ३७ हजार ९२१.९४ कित्ता बोसन शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यस्तै किसान लघुवित्त वित्तीय संस्था (KLBSL) को पनि ७ लाख ८५ हजार ६१७.७५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

दुबै कम्पनीको नेप्सेमा सूचीकृत बोनस शेयर, सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

comments powered by Disqus

डा. प्रकाशशरण महत अर्थमन्त्री हुने निश्चित

Mar 28, 2023 10:08 AM

डा. प्रकाशशरण महत अर्थमन्त्री हुने निश्चित भएको छ । नेपाली कांग्रेसले अर्थमन्त्रीमा डा. महतलाई पठाउने निर्णय गरेको हो ।