एयरपोर्ट होटल साटा पुरस्कारबाट पुरस्कृत

Feb 05, 2023 01:17 PM MeroLagani

एयरपोर्ट होटल काठमाडौं साउथ एसियन ट्राभल अवार्ड’(साटा) अन्तर्गतको ‘लिडिङ एयरपोर्ट हाेटल’बाट पुरस्कृत भएको छ । साटा वर्षेनी प्रदान गरिने क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका प्रमुख आतिथ्य तथा पर्यटन निकायहरुबाट अनुमोदिन पुरस्कार हो ।<

माल्दिभ्समा हालै सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार १० विधाका ३७ शीर्षकहरुमा घोषणा भएको हो ।

१२ वर्ष अघिदेखि सञ्चालनमा आएको एयरपोर्ट होटल काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा स्थापित पहिलो सुविधा सम्पन्न होटल हो जसले स्तरीय खाने बस्ने सुविधाका अतिरिक्त मनोरञ्जन, सभा सम्मेलनको उच्च स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

नेपालको पहिलो रिभोल्भिङ रेस्टुरेन्ट र नेपाली रैथाने खाना पस्कने थलोको रुपमा पनि उक्त होटलले चिनारी बनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।