सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

Feb 06, 2023 03:16 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेको छ। अघिल्लो कारोबार दिन १.५४ अंक बढेको नेप्से यस दिन ४.५७ अंक बढेर २१००.६५ विन्दुमा पुगेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स १.७६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंक बढेको छ।

नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब २ अर्बको शेयर कारोबार भएको नेप्सेमा यस दिन २५९ स्टकको २९ हजार ८४६ पटकको कारोबारमा १ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ बराबरको ३९ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार आदर्श लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य २१२ रुपैयाँ १० पैसा बढेर २ हजार ३३३ रुपैयाँ ८० पैसा पुगेको छ। त्यसैगरी, यस दिन महुली लघुवित्तको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ भने युनिभर्सल पावर र सिभिल लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन लक्ष्मी बैंकको ८.५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रको मूल्य यस दिन सर्वाधिक ९.५८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ६ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, युनिभर्सल पावर कम्पनीको यस दिन ५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशत बढेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ०.८२ प्रतिशत घटेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।