एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६९ हजार ७२० जनाले पाए १० कित्ताका दरले शेयर

Feb 26, 2023 09:27 AM Merolagani

फागुन १४ गते आइतबार, एशियन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा यस दिन कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ९७ हजार २०० कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १४ लाख ३२ हजार २२२ आवेदकबाट १ करोड ५५ लाख २५ हजार ४०० कित्ताका आवेदन परेको थियो। जसमध्ये ६ हजार ५०२ आवेदन रद्द भएको छ भने बाँकी १४ लाख २५ हजार ७२० आवेदन स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले गोलाप्रथा प्रक्रियाबाट कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो। यस अनुसार ६९ हजार ७२० जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।