बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँट, ८ हजार ९५ जनाले पाए १० कित्ताका दरले शेयर

Mar 17, 2023 11:55 AM Merolagani

चैत ३ गते, शुक्रबार, बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटसको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि ८० हजार ९५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो। लघुवित्तको आईपीओमा कुल १४ लाख ५९ हजार ७८४ जनाले १ करोड ५७ लाख ३५ हजार ८१० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १४ लाख ५८ हजार २७८ आवेदन स्वीकृत भएको छ भने १ हजार १३६ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो। यस अनुसार कुल ८ हजार ९५ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।