शेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्न सकिन्छ,१० कित्ता शेयरले अहिले लाखौं लाखको सम्पत्ति भएकाे छः गभर्नर अधिकारी

Mar 20, 2023 01:34 PM Merolagani

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्न सकिने बताएका छन् । उनले शेयरमा लगानी गर्नुपनि वचत भएको भन्दै शेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्न सकिने दाबी गरे ।

सोमवार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतनामुलक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । यसैगरी, उनले नेपाल सबैभन्दा कम वचत गर्ने मुलुकमा पर्ने बताएका छन् ।

उनले विश्वका अन्य मुलुकहरुमा भन्दा नेपालमा वचत गर्ने भन्दा पनि सबैभन्दा बढी खर्च गर्ने प्रवृति रहेको बताए । उनले मुद्रालाई वचत गर्न जरुरी रहेको भन्दै वचतबाट नै आम्दानी बढ्ने दाबी गरे ।

गभर्नर अधिकारीले मानिसहरुसँग भएको रकम वचत नगरे पनि खर्च हुने भएको भन्दै वचत गर्न अनिवार्य रहेको बताए । उनले राष्ट्रिय वचतको अनुपात आधारमा हेर्दा वचतको रेट कमजोर रहेको जानकारी दिए ।  नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा वचत योजनामा १० वर्षमा दोब्बर बन्ने योजना रहेको बताए ।

‘२०५२ सालमा कुनै कम्पनीको मूल्याङ्कन विश्लेषणको लागि लिएको १० कित्ता शेयरले अहिले लाखौं लाखको सम्पत्ति बनाइदिएको छ । हामीले फ्रासफुल्ली गरेको वचतको नेपाल रेट राम्रो छ । १० वर्षमा दोब्बर हुने खालका रेटहरु छन् । त्यो वचतले काम गर्छ । त्यसैले वचत अत्यन्तै जरुरी छ । त्यो रकम कतै वचत नगरेपनि खर्च गरेर जान्छ । बचत अनिवार्य हो । नेपाल सग्रममा कम वचत गर्ने देशमा पर्छ । तथ्याङ्क हेर्ने हो भने सबै भन्दा बढी खर्च गर्छौं । राष्ट्रिय वचतको अनुपात आधारमा हेर्दा वचतको रेट एकदमै कमजोर छ,’ उनले भने,आम्दानी वचतबाट नै गरिने हो । आम्दानी गर्दा वचत योजनाको छनोट र बैंकमा उपलब्ध सेवा हेर्नुपर्छ । विश्वव्यापी मुद्रा सप्ताह राष्ट्र बैंकले अभियानको रुपमा अगाडि बढाउन गइरहेको छ । एक हप्ता थप सिक्ने र मुद्रालाई सहि सदुपयोग गर्ने जीवनलाई सहज र सुरक्षित बनाउन सहयोग पुर्याउने छ ।’

 आफ्नो पैसाको योजना बनाउनुहोस्, आफ्नो भविष्य बनाउनुस् भन्ने नारासहित सोमवारदेखि ग्लोवल मनी विक–२०२३ शुरु भएको छ । ग्लोवल मनी विकको यो एघारौं संस्करण हो । नेपाल राष्ट्र बैंकले अभियानको पहिलो दिन उपत्यकास्थित विभिन्न कलेजका सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, सहकारी विभागका का.मु. रजिष्ट्रार टोलराज उपाध्याय, राष्ट्र बैंकका उच्च अधिकारीलगायतको उपस्थिति थियो ।

चैत १२ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामुलक कार्यक्रमहरू सञ्चालन हुनेछन् । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्पmत अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना हुनेछन् । साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोवल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन् । यसैगरी, निजी विद्यालयका छाता सङ्गठनलाई समेत विद्यालयस्तरमा वित्तीय चेतनामुलक कार्यक्रम सञ्चालनको निम्ति अनुरोध गरिएको छ । यस अभियानअन्तर्गत बैंकिङ÷वित्तीय, पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन् । उक्त अभियानबाट युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवर्द्धन र वित्तीय पहुँच बिस्तार भई स्वरोजगार सिर्जना र उद्यमशीलताको विकास, उत्पादन तथा आयस्तर अभिवृद्धि भई मुलुकको आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।