नेष्डो समृद्ध लघुवित्तले घोषणा गर्यो साढे ७३ प्रतिशत लाभांश, बोनस र नगद कति?

Mar 26, 2023 10:07 AM Merolagani



नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड (NESDO) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ५० प्रतिशत बोनस शेयर रहेको छ भने २३.६८ प्रतिशत नगद लाभांश रहेको छ।

चैत ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।