नेष्डो समृद्ध लघुवित्तले घोषणा गर्यो साढे ७३ प्रतिशत लाभांश, बोनस र नगद कति?

Mar 26, 2023 10:07 AM Merolagani



नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड (NESDO) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ५० प्रतिशत बोनस शेयर रहेको छ भने २३.६८ प्रतिशत नगद लाभांश रहेको छ।

चैत ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।