अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर,अमित कुमार पंडाले भने, “हाम्रो यो सफलता हाम्रा शाओमी फ्यानहरूकै मायाको परिणाम हो । उनीहरूको समर्थनले नै शाओमी यो उचाइमा पुग्न सफल भएको छ ।"
लिका क्यामेरासंग को–इन्जिनियर गरिएको शाओमी १३ प्राेले प्रो–ग्रेड लेन्सको साथ मास्टर–लेभल फोटोग्राफी प्रदान गर्दछ । नवीनतम Snapdragon® 8 Gen 2, प्रिमियम फ्ल्यागशिप प्रदर्शनको साथ डिजाइन र बेस्ट–इन–क्लास डिस्प्ले समावेश भएको १२० वाट हाइपर चार्ज र ४,८२० mAh ब्याट्री संग सुसज्जित यो स्मार्टफोन मात्र १९ मिनेटमा १००% ब्याट्री चार्जिङ समर्थन गर्दछ ।
शाओमी नेपालले खरिद गरिएको मितिदेखि ग्राहकहरुलाई २४ महिनासम्म सेवा शुल्क छुट गरेको छ । शाओमीका फ्यानहरूले नबिल बैंकमार्फत ०% ईएमआईमा यो अफर लिन सकिनेछ । शाओमी १३ प्राे, १२+२५६ जीबी भेरियन्टमा सेरामिक ह्वाईत र सेरामिक ब्ल्याक गरि दुई भिन्न रङहरू उपलब्ध हुनेछ । मात्र ५००० रूपैयाँमा प्रि–बुक गर्न सकिने शाओमी १३ प्राे प्रि अर्डर गर्दा शाओमी ५० वाट वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क पाउन सकिनेछ । शाओमी १३ प्राेको मूल्य एक लाख २९ हजार ९९९ रूपैयाँ रहेको छ र सर्बत्र उपलब्ध छ।