काठमाडौं बहिरा संघका सदस्यहरुलाई शेयर बजार सम्बन्धी तालिम तथा साक्षरता कार्यक्रम

Mar 26, 2023 01:04 PM Merolagani

प्रभु क्यापिटल लिमिटेड(PBCL)ले चैत ११ गते शनिबार “ग्लोबल मनि विक—२०२३” को अवसरमा युवा केन्द्रित विविध पूँजीबजार तथा वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्धेश्य सहित काठमाडौं बहिरा संघ नेपालको सहयोगमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम काठमाडौंको हात्तीसार स्थित नेपाल हाउसमा सम्पन्न भएको हो। काठमाडौं बहिरा संघ नेपाल अन्र्तगत रहेका सदस्यहरुमध्ये ५० भन्दा बढी सदस्यहरुको सहभागिता भएको उतm कार्यक्रम मूख्यतया पूँजी बजारमा शुरुवाती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित थियो ।

कार्यक्रमको तालिम सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा श्रीया कुटुले गर्नुरेका थिए भने यसलाई सांकेतिक भाषामा दोभाषेहरु रेनु शाह तथा सुनीता श्रेष्ठले प्रस्तुत गरेका थिए । कार्यक्रम पूँजी बजारमा शुरुवाती प्रवेश के कसरी गर्ने, मेरो शेयर के कसरी चलाउने, शेयरबजार सम्बन्धी सूचनाको स्रोतहरु आदि विषयमा सामूहिक रुपमा अन्तरक्रिया गरी कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा काठमाडौं बहिरा संघ नेपाल सम्बद्ध सहभागी सदस्यहरुले शेयर बजार सम्बन्धी आजको तालिम कार्यक्रम एकदमै फलदायी भएको तथा अब शेयर बजारमा लगानी गरी आर्थिक उपार्जन गरी आर्थिक रुपमा सबल बन्न सक्ने बताउँदै आगामी दिनमा अझै एडभान्स लेबलको तालिमहरु पनि प्रदान भएमा यसले बहिराहरुलाई नेपालको शेयरबजारमा लाग्नको लागि थप प्रेरित गर्ने बताए ।

कार्यक्रममा प्रभु क्यापिटलको कार्य सञ्चालन विभाग प्रमुख बसन्ता उपाध्यायले कार्यक्रमको समापन मन्तव्य राख्दै “ग्लोबल मनि विक २०२३” को अवसरमा यो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताँउदै तालिम प्रतिको सहभागी सदस्यहरुका उत्साह तथा अन्तरक्रियामा सक्रिय सहभागीता देख्दा अत्यन्त खुशी लागेको जनाउँदै जीएमडीको यस वर्षको विषयबस्तु प्लान याेर मनी , प्लाण्ट याेर फ्यूचर मूलनारा लिने यसको प्रमुख सन्देश युवा अबस्थाबाट नै व्यक्ति वित्तीय रुपमा सबल बन्न यो मूलनारा अनुशरण गरी लगानीको स्रोतबारे ज्ञान लिने, आयबाट केही बचत गर्ने बानी बसाल्ने तथा सो बचत लगानी गरि सोलाई गुणात्मक वृद्धि गर्न पूँजी बजार समेत एक राम्रो स्रोत रहेको जानकारी दिदैउपस्थित सबैजनालाई पूँजी बजारमा लगानी गर्न प्रोत्साहन गरे । यसका साथै शारीरिक तथा मानसिक कमी कमजोरी भई अपाङ्गता भएका “क” तथा “ख” वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गर्नका लागि प्रभु क्यापिटल मार्फत डिम्याट तथा मेरो शेयर खोल्दा कुनै पनि शुल्क नलाग्ने तथा आजीवन सो सुविधा निशुल्क पाउने व्यवस्था रहेको समेत जानकारी दिए ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।