नेशनल माइक्रोफाइनान्सले पुनः संशोधन गर्यो लाभांश

Mar 27, 2023 10:04 AM Merolagani

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले पुनः लाभांश संशोधन गरेको छ। लघुवित्तले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश संशोधन गरेको जनाएको छ।

माघ ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले ३८.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतीका लागि राष्ट्र बैंक पठाएको थियो। तर, राष्ट्र बैंकले फागुन १० गते जारी गरिएको परिपत्र बमोजिम लाभांश संशोधन गर्न निर्देशन दिएपछि लघुवित्तले लाभांश दर घटाइ ३४.४५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतीका लागि पठाएको थियो।

तर, चैत ८ गते राष्ट्र बैंकले पुनः पत्र पठाएपछि चैत १२ गते लघुवित्तको सञ्चालक समितिले लाभांश पुनः लाभांश संशोधन गरेको हो। अब लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

comments powered by Disqus

व्यवसाय बढाए लाभांश वितरण गर्न नपाउने अवस्थामा चार बैंक, कुन कुन बैंक छन् दबावमा?

Jun 02, 2023 04:52 PM

पूँजीकोषको दबावले गर्दा केहि बैंकको व्यवसाय विस्तार रोक्नु पर्ने अवस्था आएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार ४ बैंकको पूँजीकोष दबावमा रहेकोले व्यवसाय विस्तार रोक्नुपर्ने अवस्था आएको हो।