नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क सामान्य बढ्यो, नाफा धनात्मक

May 12, 2023 06:43 AM Merolagani

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

समीक्षा अवधिमा लघुवित्तको खुद बीमाशुल्क ३।२४ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा २५ अर्ब ९९ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको खुद बीमाशुल्क, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सले ११ अर्ब ८२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ।

गत आर्थिक वर्षको पहिलो ९ महिनामा १९ करोड रुपैयाँ ऋणात्मक रहेको इन्स्योरेन्सको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा भने ४४ करोड ६५ लाख रुपैयाँ धनात्मक भएको छ।

नाफा धनात्मक भएसँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। चैत मसान्तसम्ममा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ २५ पैसा रहेको छ। इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ १ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९३।१९ गुणा रहेको छ।

८ अर्ब चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ४८ करोड ६७ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ खर्ब ५७ अर्ब रुपैयाँ र महाविपत्ती कोषमा ८३ करोड ३७ लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।